• शुक्रबार १-२८-२०८१/ Friday 10-05-24
  • ०९:४८

ताजा खबर

पाल्पामा ट्युबवेल गाड्दा ग्यास निस्कियो


पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट ग्यास निस्किरहेको छ ।

स्थानीय ताराबहादुर कुमालको जग्गामा ट्युबवेल गाडेर पानी निकाल्ने क्रममा ग्यास निस्केको हो । फलामको पाइप जमीनमुनि गाड्ने क्रममा ग्यास बाहिर निस्किरहेको स्थानीय बासिन्दा राजकुमार पन्थीले बताए ।जमीनमुनि गाडेको पाइपबाट गन्ध आएपछि आगो ल्याएर बाल्दा बलेको छ । पाल्पामा पहिलोपटक जमीनमुनिबाट ग्यास निस्किएको हो । जमीनमुनिबाट निस्केको ग्यासमा आगो बलेपछि त्यस क्षेत्रमा अहिले भीड लागेको छ ।

स्थानीय बासिन्दाले जमीनमुनि गाडेको पाइप ढाकेर राखेका छन् । ढाकेको वस्तु हटाएपछि पाइपबाट आगो निस्केको देखिएको छ । आगो बोलेको हेर्नका लागि आसपासका क्षेत्रबाट पुगेको स्थानीय बासिन्दा रेखीराम रानाले बताए ।यस ग्यासका बारेमा विस्तृृत अध्ययन अनुसन्धान गरी वैज्ञानिक रुपमा प्रयोग गर्नुपर्ने पन्थीको भनाइ छ । पाल्पाका समथल माडीफाँट अन्न उत्पादनका हिसाबले महत्वपूर्ण क्षेत्रका रूपमा लिइन्छ । पाल्पामा फलाम खानी, कोइला, चुनढुङ्गा खानी प्रशस्त रहे पनि त्यसको लाभ लिन सकेको छैन ।

प्रतिकृया दिनुहोस

पाल्पामा ट्युबवेल गाड्दा ग्यास निस्कियो

दैलेखको भगवतीमाई गाउँपालिकामा पूर्ण सरसफाई तथा महिनावारी स्वच्द्धता सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । भगवतीमाई गाउँपालिका,ग्रामिण जलस्रोत

पाल्पामा ट्युबवेल गाड्दा ग्यास निस्कियो

रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता तालिम दैलेखमा शुरु भएको छ । रेडियो धुर्वतारा एफ.एमको आयोजनामा ५ दिने रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता

पाल्पामा ट्युबवेल गाड्दा ग्यास निस्कियो

  ज्योती कटुवाल ।  १२ भदौ, दैलेख । डेढ वर्षअघि १ करोड ९४ लाख रुपैयाँ लगानीमा जिल्ला पशुसेवा कार्यालयको भवन निर्माण गरियो । निर्माण सकिएको ३ महिना

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am