• आइतबार १-१६-२०८१/ Sunday 28-04-24
  • ०२:३७

ताजा खबर

विध्यार्थी विरामि हुँदा दैलेखमा शिक्षा क्षेत्र भयभीत


३ बैशाख २०७८
कृष्ण शर्मा ,

धु्रवतारा एफ.एम.

 

दैलेख . लगातार विधार्थी विरामि हुदाँ दैलेखको शिक्षा क्षेत्र भएभीत बनेको छ । मौसमी रुघाखोकी  वायु प्रदूषण फैलिँदा जिल्लाको भगवतिमाई गाउँपालिका–३  मेहेल्तोली गाउँ  भयभीत भएको हो ।


मौसमी रुघाखोकी फैलिँदा स्थानीय बालबालिका बढी प्रभावित भएका छन् । गाउँपालिकास्थित माहादेव माध्यमिक विद्यालय मेतलपाटा का १८ भगवतिआधारभुत विध्यालय मेहेल्तालिका ११भन्दा बढि विद्यार्थी एकैदिन बिरामी परेका छन् । तेस्तै वडाका मालिका प्रथामिक विधालय बाइसेरे मष्टा प्रथामिक पुग्याँ र कैलाश प्रथामिक बिधालयका विधार्थी हरुमा समेत स्वास्थ्य समस्या देखापरेको छ ।

विद्यालयमा पठनपाठन  चलिरहेका बेला विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि विद्यालय परिवार ससंकित बनेका  छन । विधार्थीहरुमा  टाउको दुख्ने, ज्वरो आउने र पेट दुख्ने लक्षण देखिएको माहादेव माविका  शिक्षक गोपिकुमार खड्काले बताउनु भयको छ । उहाँले भन्नुभयो , “ रोगले विद्यार्थी थला परेका छन् । पठन पाठन र परीक्षा समेत प्रभावित बन्नेछ देखिन्छ  । एकाएक बिरामी पर्न थालेका छन् ।”

 

विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको भगवति आधारभुत विध्यालयका प्रधानाअध्यापक चन्द्र प्रसाद रेग्मीले बताउनु भयो  । बिरामी विद्यार्थीलाई  विद्यार्थी बिरामी भएपछि गाउँ नै त्रसित अवस्थामा छ । समयमै रोगको पहिचान र निदान नभए गाउँ नै सङ्क्रमण हुने डर देखिएको वडाध्यक्ष दान बहादुर खड्रकाले बताउनु भयको छ  । “गाउँले अहिले निकै डराएका छन्, अज्ञात रोगले तीव्ररूपमा गाउँ नै थला पार्न थालेको छ”, वडाध्यक्ष खड्काले  भन्नुभयो, “तत्काल बिरामीको पहिचान गरेर उपचार व्यवस्था मिलाउन आग्रह गरिएको छ । अहिले यहाँ अत्यधिक वायु प्रदूषणले पनि यो समस्या खडा गरेको छ ।” लामो समय खडेरी पर्दा गाउँगाउँमा स्वास्थ्य समस्या देखिन थालेको स्थानीयवासी बताउँछन् ।

 

यो मौसमि रुघाखोकि सहितको लक्षण युक्तरोग भएकाले निदानकालागि  स्वास्थ्य चौकि मेहेलतोली पुर्णरुपमा सक्षम रहेको स्वास्थ्य चौकि इन्चार्ज महेन्द्रकुमार भारतिले बताउनु भयो  भारतिले भन्नुभयो, “तत्काल बिरामीको पहिचान गरेर उपचार व्यवस्था गर्न पुर्वतयारि गरिएको छ । अहिले यहाँ अत्यधिक वायु प्रदूषणले पनि यो समस्या खडा गरेको छ ।”
कुनै समस्या भए स्वास्थ संस्थामा आउन र स्वास्थ्य मापदण्ड पालना गरि धैर्यताकासाथ औषधि सेवन गर्न  आग्रह गर्नू भयको छ । 

 

भगवतिमाई स्वास्थ्य शाखा प्रमुख टिकाराम बिष्ट का अनुसार मौसमी रुघाखोकी फैलिएको हो । यसको रोकथामका लागि आवश्यक औषधि र स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य संयोजक बिष्टले बताउनु भयको छ  ।

प्रतिकृया दिनुहोस

विध्यार्थी विरामि हुँदा दैलेखमा शिक्षा क्षेत्र भयभीत

काठमाडौैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय आज बैठक बस्दैछ । दिउँसो ३ बजे बस्ने सचिवालय बैठकले कार्यविभाजनको टुंगो लगाउने तयारी गरेको

विध्यार्थी विरामि हुँदा दैलेखमा शिक्षा क्षेत्र भयभीत

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सांसद घनश्याम भुसालले मुख्य पार्टीले दलाल पुँजीवादको नेतृत्व गरिरहेको

विध्यार्थी विरामि हुँदा दैलेखमा शिक्षा क्षेत्र भयभीत

१२ भदौ, २०७६ । धुर्वतारा समाचार डेस्क । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am