• शुक्रबार १-२८-२०८१/ Friday 10-05-24
  • ०२:२१

ताजा खबर

भ्रष्टाचारमा राष्ट्रिय सहमति छः घनश्याम भुसाल

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सांसद घनश्याम भुसालले मुख्य पार्टीले दलाल पुँजीवादको नेतृत्व गरिरहेको र समाजलाई भ्रष्ट बनाइरहेको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले यो कुनै पार्टीविशेषको मात्र चरित्र नभइ आम चरित्र रहेको औँल्याए ।

“मैले कहिलेकाहीँ भन्ने गरेको छु– अर्बभन्दा माथिको भ्रष्टाचार ब्युरोक्रेसी (कर्मचारीतन्त्र)ले गर्न सक्छ ? यद्यपि कहिलेकाहीँ कारवाही हुँदा त्यही पर्छ । माथिका कम पर्ने गरेका छन् । यसर्थ निःसन्देह भन्न सकिन्छ, ठूला भ्रष्टाचार एक्लै हुँदैन । त्यहाँ राष्ट्रिय सहमति बन्छ । मिलिट्री इन्डस्ट्री नेक्ससजस्तै दलाल पुँजीवाद र परिजीवी राजनीतिको नेक्सस छ ।”

 

 

 

बजेटले परिवर्तनपछिको अवस्थालाई सम्बोधन गर्नुपर्ने बताउँदै उनले राजनीतिक आयामबाट यसको चर्चा हुनुपर्नेमा जोड दिए ।

“यसो हेर्दाखेरी हामी सत्ताधारी हौँ, शक्ति चलाउनुपर्ने छ, सत्ता चलाउनुपर्नेछ, बजेट बनाउनुपर्नेछ, लागु गर्नुपर्नेछ, अनेक काममा व्यस्त छौँ । प्रतिपक्षले गर्छ भनेको, ऊ त अझै पराजयको पीडाले ब्युँझिएको पनि छैन । यसरी घाइते भएको छ कि, उठेको पनि छैन । उसले अस्ति जनजागरण अभियान चलाउँदै पनि थियो । तर, दलाल पुँजीवादका बारेका कहीँ छलफल भएन । एकदमै खुद्रा–मसिना कुरा गर्छ  । दलाल पुँजीवादले हाम्रो जीवनलाई यसरी रगड्छ, त्यसका बारेका कुरा गर्छ कांग्रेसले ? कहीँ गर्दैन,” उनले प्रतिपक्षीलाई आरोप लगाए ।

यसले क्रान्ति, गणतन्त्र, परिवर्तन खतरामुक्त नहुने टिप्पणी उनले गरे ।

२० वर्ष बजेटमा साधारण खर्चभन्दा पुँजीगत खर्च कम हुँदै गएको बताउँदै उनले भने, “अहिले पनि साधारण खर्च ९ खर्ब ५७ अर्ब छ । ४ खर्ब ८ अर्ब पुँजीगत हुनेछ भनेका छौँ । ७४ प्रतिशत साधारण खर्च छ, २६ प्रतिशत पुँजीगत खर्च छ । यसर्थ यो हाम्रो आत्महन्ता अर्थतन्त्र हो । यसले आफैँलाई खान्छ र जीवनलाई सिध्याउँदै जान्छ ।”

प्रतिकृया दिनुहोस

भ्रष्टाचारमा राष्ट्रिय सहमति छः घनश्याम भुसाल

काठमाडौैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय आज बैठक बस्दैछ । दिउँसो ३ बजे बस्ने सचिवालय बैठकले कार्यविभाजनको टुंगो लगाउने तयारी गरेको

भ्रष्टाचारमा राष्ट्रिय सहमति छः घनश्याम भुसाल

१२ भदौ, २०७६ । धुर्वतारा समाचार डेस्क । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा

भ्रष्टाचारमा राष्ट्रिय सहमति छः घनश्याम भुसाल

१२ भदौ, २०७६ । धुर्वतारा समाचार डेस्क । राष्ट्रियसभाको आजको बैठकमा बिभिन्न विधेयकहरूको बारेमा छलफल हुनेभएको छ । बिहान ११ बजे सुरु हुने बैठकमा विधायन

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am