• सोमबार २-७-२०८१/ Monday 20-05-24
  • ०९:४२

ताजा खबर

राष्ट्रियसभाको बैठक बिहान ११ बजे बस्दै ।।

१२ भदौ, २०७६ । धुर्वतारा समाचार डेस्क ।

राष्ट्रियसभाको आजको बैठकमा बिभिन्न विधेयकहरूको बारेमा छलफल हुनेभएको छ । बिहान ११ बजे सुरु हुने बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले  “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, २०७६” सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ । “प्रहरी समायोजन विधेयक, २०७६” सम्बन्धी समितिको प्रतिवेदन पनि गुरुङले नै पेश गर्नुहुनेछ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले “नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुन गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले बताउनुभयो । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादवले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त “सेफगार्ड्स, एण्टी–डम्पिङ्ग तथा काउन्टरभेलिङ्ग विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव पेश गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले, विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको “शिक्षा सम्बन्धी केही नेपाल ऐन् संशोधन गर्ने विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । मन्त्री पोखरेलले नै “शिक्षा सम्बन्धी केही नेपाल ऐन् संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरियोस्” भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने जनाइएको छ । 

प्रतिकृया दिनुहोस

राष्ट्रियसभाको बैठक बिहान ११ बजे बस्दै ।।

काठमाडौैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय आज बैठक बस्दैछ । दिउँसो ३ बजे बस्ने सचिवालय बैठकले कार्यविभाजनको टुंगो लगाउने तयारी गरेको

राष्ट्रियसभाको बैठक बिहान ११ बजे बस्दै ।।

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सांसद घनश्याम भुसालले मुख्य पार्टीले दलाल पुँजीवादको नेतृत्व गरिरहेको

राष्ट्रियसभाको बैठक बिहान ११ बजे बस्दै ।।

१२ भदौ, २०७६ । धुर्वतारा समाचार डेस्क । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am