• आइतबार १-३०-२०८१/ Sunday 12-05-24
  • ०२:११

ताजा खबर

चीनको सीमा क्षेत्रमा हराएको भारतीय विमान अझै सम्पर्कविहीन

नयाँ दिल्ली । भारतीय वायुसेनाको बेपत्ता भएको विमानको खोजी अहिलेसम्म पनि जारी रहेको बताइएको छ । यसकालागि स्थल सेनाको पनि सहारा लिइएको छ । वायुसेनाको एएन–३२ विमान आइतबार चीनको सीमा नजिकबाट बेपत्ता भएको थियो । 

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारअनुसार रातभरी नै खोजी कार्य जारी रहेको छ । यो खोजी कार्यमा विशेष अपरेसनमा प्रयोग हुने एयरक्राफ्ट सी— १३० , एएन— ३२ एस, एमआई —१७ चौपर र स्थल सेनाका कैयौं आधुनिक हेलिकप्टर सामेल रहेका थिए । यसबाहेक भारतीय वायुसेनाका कैयौं अन्य सरकारी तथा सिभिल एजेन्सीको पनि मद्धत लिइएको छ । 

वायु सेनाका प्रवक्ताले बताए अनुसार रातभर अलग अलग टिमले खोजी कार्य गरिरहेका छन् । भारतका रक्षामन्त्री राजनाथ सिंहले एयर मार्सलका उपप्रमुख राकेश सिंह भदौरियासँग खोजी कार्यका बारेमा जानकारी लिएका थिए । १३ व्यक्ति सहित असमको जोरहाटबाट उडान भरेको एएन—३२ बिमान ३५ मिनेटपछि नै राडारको सम्पर्कबाट बाहिरिएको बीबीसीले जनाएको छ ।
 

 

 

प्रतिकृया दिनुहोस

चीनको सीमा क्षेत्रमा हराएको भारतीय विमान अझै सम्पर्कविहीन

कोलम्बो । श्रीलंकामा एकजना बौद्ध भिक्षुले मुश्लिम मन्त्री र एक जना गभर्नरको राजीनामाको माग गर्दै आमरण अनशन बसेपछि सोमबार दुईजना मुसलमान गभर्नरले

चीनको सीमा क्षेत्रमा हराएको भारतीय विमान अझै सम्पर्कविहीन

भदौ १६, २०७७ दैलेख स् विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड(१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित

चीनको सीमा क्षेत्रमा हराएको भारतीय विमान अझै सम्पर्कविहीन

ध्रुवतारा न्युज डेस्क  १३ कात्तिक २०७७ वासिङ्टन – अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहेका पूर्व उपराष्ट्रपति जो

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am