• शनिबार १-२९-२०८१/ Saturday 11-05-24
  • १२:४९

ताजा खबर

सर्वसाधारणका लागि नगर बस

चामुण्डा  दैलेख 

BUS

चामुण्डाविन्द्रासैनी  नगरपालिकाले नगर बस संचालन गर्ने भएको छ । कर्णाली प्रदेशमै पहिलो पटक जनतालाई यातायात सुविधा पहुँचलाई सहज बनाउने उद्देश्यका साथ नगर बस संचालन गर्ने भएको हो । नगर बस आउने भएपछि स्थानीय हरु खुसी भएका छन ।  नगर बस संचालनमा आएपछि  दैनिक आवत–जावत  सहजता हुने स्थानीयहरुको अपेक्षा  छ । चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीले पालेतडा देखि तीजडासम्म नगर वस संचालन गरिने वताउनु भयो । पालेतडा तथा पाल्त क्षेत्रका सर्वसाधारण एवम व्यापार व्यावसायीहरुलाई यातायात सेवामा सहजताको लागी अबको केही समयमा नगर वस सेवा संचालन गरिने शाहीले जानकारी दिनुभयो । वर्षायाम सकिएको लगत्तै पालेतडा– तीजडाडाँमा नगर वस सेवा संचालनमा ल्याईने तयारीमा रहेको उहाँले बताउनुभयो ।  नगरपालिकाका प्रायजसोः सबै वडाहरु सडक संजालसंग जोडिसकेको र गाउ“मा तत्काल खोजेको समयमा गाडी नपाउने र सानै कामका लागि पनि गाडी रिर्जब गरेर नै जानपर्ने भएकाले गरिब, असहाय र असक्तका लागि यो काम निकै गाह्रो भएको उहाँले बताउनु भयो  ।उहाँले भन्नुभयो–‘हामीले गाडी खरिद गरेर सस्तो, सुलभ टिकटमा सबै नगरबासीलाई सेवा प्रदान गर्ने छौ“ ।, नगरबस संचालनमा आएपछि नगरबासीलाई आवतजावत गर्न सहज हुने उहाँको भनाई छ ।  लामो तथा छोटो दुरीका जीपहरुले महिला,बालक,वृद्धवृद्धा, अपांगता तथा सर्वसाधारण व्यक्तिले सहज सस्तो रुपमा सेवा नपाउने भएपछि नगरपालिकाले नगर बस संचालन गर्ने गरी आर्थिक वर्ष ०७६÷०७७ मा ३५ लाख  बजेट विनियोजन गरेको चामुणडाविन्द्रासैनी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक विकले जानकारी दिनुभयो । उहाँका अनुसार बसको  क्षमता  करिव २१ सीट हुनेछ । 

प्रतिकृया दिनुहोस

सर्वसाधारणका लागि नगर बस

पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न

सर्वसाधारणका लागि नगर बस

रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता तालिम दैलेखमा शुरु भएको छ । रेडियो धुर्वतारा एफ.एमको आयोजनामा ५ दिने रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता

सर्वसाधारणका लागि नगर बस

  ज्योती कटुवाल ।  १२ भदौ, दैलेख । डेढ वर्षअघि १ करोड ९४ लाख रुपैयाँ लगानीमा जिल्ला पशुसेवा कार्यालयको भवन निर्माण गरियो । निर्माण सकिएको ३ महिना

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am