• शुक्रबार १-२८-२०८१/ Friday 10-05-24
  • ०५:१५

ताजा खबर

रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता तालिम दैलेखमा शुरु

रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता तालिम दैलेखमा शुरु भएको छ । रेडियो धुर्वतारा एफ.एमको आयोजनामा ५ दिने रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता तालिम शुरु भएको हो ।

सञ्चार माध्यायमहरुका लागी दक्ष जनशत्ति उत्पादन गर्ने लक्ष्यका साथ रेडियो पत्रकारिता तथा उदघोषण तालिम शुरु भएको छ ।सञ्चार क्षेत्रमा रुचि भएका र केही गर्न चहानेहरुका लागी रेडियो धुर्वतारा एफ.एम ८९.८ मेगाहर्जको आयोजनामा सो तालिम शुरु भएको हो ।

तालिमको एक कार्यक्रमका बिच नारायण नगरपालिकाका नगर प्रमुख रत्न खड्काले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले पत्रकार एउँटा दरीलो र विश्वासीलो पात्र भएको बताए । पत्रकार एउटा खम्बा भएको बताउदै स्थानिय तहमा भए गरेका राम्रा नराम्रा कामको बारेमा कलम मार्फत अगाडी ल्याउनु पर्नेमा उनको जोड थियो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बास्कोटाले पत्रकारको पनि आचार संहिता रहेकाले आफनो आचार सहिंतामा रहेर समाचार सम्पे्रक्षण गर्न सुझाव दिए । राज्यको चौथो अंग भएको पत्रकारीता क्षेत्र धमिलो हुन नहुने उनको तर्क रहेको थियो । नेपाल पत्रकार महाशंघका जिल्ला शाखाका अध्यक्ष  तथा रेडियो धुर्वतारा एफ.एमका स्टेशन म्यानेजर चक्र के सीले गाउँगाउँमा लुकेर रहेका समाचार सूचना बाहिर ल्याउनका लागी प्रत्येक घरघरमा समेत पत्रकार हुनुपर्ने बताए । पत्रकारले जहिले पनि आवाज विहिनको आवाज बोल्नु पर्ने उनको तर्क रहेको थियो ।

उदघाटन कार्यक्रमका सभापति नरेन्द्र थापाले पत्रकारीता क्षेत्र आफैमा चुनौतीपूर्ण काम रहेको भन्दै सधै सत्य तथ्यको मार्गमा मात्र लाग्नु सुझाव दिए । राजनितिको खोल ओडेर पत्रकार बन्न नसकीने भन्दै निष्पक्ष पत्रकारीतामा लाग्नु पर्नेमा उनको जोड थियो  तालिममा विभिन्न मिडियामा आवद्ध सञ्चारकर्मीहरुले सहजिकरण गर्ने तालिमका संयोजक रमेश भट्टराइले जानकारी दिए ।

तालिम यहि जेष्ठ १८ गते सम्म सञ्चालन हुनेछ ।


 

प्रतिकृया दिनुहोस

रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता तालिम दैलेखमा शुरु

पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न

रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता तालिम दैलेखमा शुरु

चामुण्डा  दैलेख  चामुण्डाविन्द्रासैनी  नगरपालिकाले नगर बस संचालन गर्ने भएको छ । कर्णाली प्रदेशमै पहिलो पटक जनतालाई यातायात सुविधा पहुँचलाई

रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता तालिम दैलेखमा शुरु

  ज्योती कटुवाल ।  १२ भदौ, दैलेख । डेढ वर्षअघि १ करोड ९४ लाख रुपैयाँ लगानीमा जिल्ला पशुसेवा कार्यालयको भवन निर्माण गरियो । निर्माण सकिएको ३ महिना

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am