• शनिबार १-१५-२०८१/ Saturday 27-04-24
  • ११:५४

ताजा खबर

जिल्ला निर्वाचन कार्यालय दैलेखद्धारा स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै आन्तरीक तयारी सूरु

ध्रुबतारा संवाददाता
७ फागून दैलेख ।
जिल्ला निर्वाचन कार्यालय दैलेखले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै आन्तरीक तयारी सूरु गरेको छ । छैठौ निर्वाचन दिवस २०७८ का अवसरमा शुक्रबार अन्र्तरक्रिया कार्यक्रम गर्दै २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीहरुको अवधि अन्तिम चरणमा पुगेसँगै आगामी  बैशाख ३० गते हुने निर्वाचनका लागी तयारी अघि बढाईएको जिल्ला निर्वाचन कार्यालय दैलेखले जनाएको छ ।

फागुन ७ गते (शनीबार) परेको निर्वाचन दिवसको अवसरमा जिल्ला निर्वाचन कार्यालय दैलेखले जिल्लाका राजनितिक दल, स्थानिय तहका प्रमुख एवंम प्रतिनिधी, पत्रकार लगाएत अन्य सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको जिल्ला निर्वाचन कार्यालय दैलेखका निर्वाचन अधिकारी मनमाया काउचाले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा भएलगत्तै निर्वाचन सम्वन्धी कामहरु अगाडि बढिसकेको जिल्ला निर्वाचन अधिकारी काउचाको भनाई छ ।  २०७८ बैशाख २९ गतेसम्म १८ बर्ष उमेर पुरा भई मतदाता नामावलीमा नाम दर्ता गराएका नेपाली नागरिकले निर्वाचनमा मतदान गर्न पाउने छन ।

कार्यालयको तथ्यांक अनुसार दैलेखमा १ लाख ६६ हजार ६ सय १४ जना मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन । जसअन्र्तरगत  महिला ८२ हजार ७ सय ९६ र पुरुष ८३ हजार ८ सय १८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन । 

विवरण सच्याउने कार्य भैरहेकाले  कुल  १ लाख ६६ हजार ६ सय १४ जना मध्येपनि अन्तिम नामावली प्रकाशन गर्ने समयसम्मा मतदाता संख्या बढ्न सक्ने जिल्ला निर्वाचन अधिकारी काउचाले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस

जिल्ला निर्वाचन कार्यालय दैलेखद्धारा स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै आन्तरीक तयारी सूरु

दैलेखको भगवतीमाई गाउँपालिकामा पूर्ण सरसफाई तथा महिनावारी स्वच्द्धता सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । भगवतीमाई गाउँपालिका,ग्रामिण जलस्रोत

जिल्ला निर्वाचन कार्यालय दैलेखद्धारा स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै आन्तरीक तयारी सूरु

पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न

जिल्ला निर्वाचन कार्यालय दैलेखद्धारा स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै आन्तरीक तयारी सूरु

रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता तालिम दैलेखमा शुरु भएको छ । रेडियो धुर्वतारा एफ.एमको आयोजनामा ५ दिने रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am