• आइतबार १-१६-२०८१/ Sunday 28-04-24
  • ०५:०५

ताजा खबर

१७ हजार ३ सय ३२ शिक्षकका लागि आजदेखि परीक्षा सुरू हुँदै

ध्रुबतारा संवाददाता
१५ चैत, काठमाण्डौ   ।

शिक्षक सेवा आयोगको स्थायी शिक्षकको परीक्षा आजदेखि सुरू हुँदै छ । आयोगले १७ हजार ३ सय ३२ शिक्षकका लागि आजदेखि परीक्षा लिन लागेको हो ।

आज माध्यमिक तह माविको शिक्षकको परीक्षा हुनेछ । मावि तहको परीक्षामा १ हजार ५ सय ५२ पदका लागि १ सय ५४ केन्द्र निर्धारण गरिएको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार झन्डै साढे १५ सय मावि शिक्षक पदपूर्ति गर्न ३५ हजार ५ सय ५६ जनाले आवेदन दिएका छन् ।

आयोगले मावि तहमा १ हजार ५ सय ५२, निमाविमा २ हजार ५ सय ९८ र प्राविका लागि १३ हजार ९३ शिक्षकको विज्ञापन खुला गरेको थियो । परीक्षामा परीक्षार्थीले प्रवेशपत्रसहित परिचय खुल्ने प्रमाणपत्र लिएर जानुपर्ने छ ।

आयोगले आचारसंहिता जारी गरी परीक्षामा वर्जित गरिएका कुनै पनि सामग्री परीक्षा हलमा नलैजान आग्रह गरेको छ । आयोगका अनुसार आज मावि, पर्सि बिहिवार निम्न माध्यमिक र आउँदो शनिवार प्राथमिक र सोमवार आन्तरिक बढुवातर्फको परीक्षा हुनेछ ।

झन्डै पाँच वर्षपछि हुन लागेको परीक्षामा सय पूर्णाङ्कको परीक्षा हुनेछ । विषयगततर्फको सय पूर्णाङ्कको परीक्षा दिनुपर्छ । यो परीक्षामा ४० प्रतिशत अङ्क ल्याउने परीक्षार्थी उत्तीर्ण हुनेछन् । 

प्रतिकृया दिनुहोस

१७ हजार ३ सय ३२ शिक्षकका लागि आजदेखि परीक्षा सुरू हुँदै

दैलेखको भगवतीमाई गाउँपालिकामा पूर्ण सरसफाई तथा महिनावारी स्वच्द्धता सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । भगवतीमाई गाउँपालिका,ग्रामिण जलस्रोत

१७ हजार ३ सय ३२ शिक्षकका लागि आजदेखि परीक्षा सुरू हुँदै

पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न

१७ हजार ३ सय ३२ शिक्षकका लागि आजदेखि परीक्षा सुरू हुँदै

रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता तालिम दैलेखमा शुरु भएको छ । रेडियो धुर्वतारा एफ.एमको आयोजनामा ५ दिने रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am