• आइतबार १-१६-२०८१/ Sunday 28-04-24
  • ०६:०१

ताजा खबर

अप्ठेरो पर्दा सधैँ रोल्पा सम्झन्छु : प्रचण्ड

ध्रुबतारा संवाददात
१४ चैत, रोल्पा ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अप्ठेरो भर्दा सधैँ रोल्पा सम्झने गरेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री प्रचण्डले रोल्पा सदरमुकाम लिवाङमा  सोमवार आयोजित जनसभालाई सम्बोधन गर्दै भन्नुभयो, ‘विगतमा पनि आफूलाई अप्ठेरो पर्दा रोल्पा आइ नयाँ ऊर्जा लिएर फर्कन्थेँ ।’ 

पछिल्लो राजनीतिक परिवर्तनमा रोल्पाको ठूलो योगदान रहेको प्रचण्डले स्मरण गर्नुभयो । ‘हिजो क्रान्तिको किल्ला रहेको रोल्पा अब विकास र समृद्धिको किल्ला बन्नुपर्छ’, प्रचण्डले भन्नुभयो ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति रोल्पाले आयोजना गरेको जनसभामा प्रमुख अतिथि रहनुभएका प्रचण्डले दश वर्षे सशस्त्र युद्धको स्मरण गर्नुभएको हो । सशस्त्र युद्धलाई नयाँ उचाइ दिन रोल्पा र रुकुमले आधार इलाकाका रूपमा महत्त्वपूर्ण भूमिका खेलेको प्रचण्डको भनाइ थियो ।

जनसभालाई सम्बोधन गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आफूहरू एक्लै चुनावमा जाने गरी तयारी गरिरहेको बताउनुभयो । ‘गठबन्धनको बलमा हैन आफ्नै तागतमा चुनावमा जाने हो’, उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री प्रचण्डले रोल्पा नगरपालिकाले सातदोबाटोमा निर्माण गरेको जनयुद्ध स्मृति भ्यु टावरको उद्घाटन गर्नुभएको थियो । भ्यु टावर उद्घाटनका क्रममा प्रचण्डले रोल्पाले विकासको नयाँ मोडेल दिनुपर्ने बताउनुभयो ।

‘रोल्पाले ध्वंश मात्र हैन निर्माण पनि गर्छ भनेर जवाफ दिनुपर्ने बेला आएको छ’, प्रचण्डले भन्नुभयो । प्रचण्डले भ्यु टावरको दशौँ तला चढेर रोल्पा र प्युठानका विभिन्न भूभागको दृश्यावलोकनसमेत गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

अप्ठेरो पर्दा सधैँ रोल्पा सम्झन्छु : प्रचण्ड

काठमाडौैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय आज बैठक बस्दैछ । दिउँसो ३ बजे बस्ने सचिवालय बैठकले कार्यविभाजनको टुंगो लगाउने तयारी गरेको

अप्ठेरो पर्दा सधैँ रोल्पा सम्झन्छु : प्रचण्ड

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सांसद घनश्याम भुसालले मुख्य पार्टीले दलाल पुँजीवादको नेतृत्व गरिरहेको

अप्ठेरो पर्दा सधैँ रोल्पा सम्झन्छु : प्रचण्ड

१२ भदौ, २०७६ । धुर्वतारा समाचार डेस्क । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am