• आइतबार १-१६-२०८१/ Sunday 28-04-24
  • ०६:५२

ताजा खबर

चुनावी तालमेलबारे आज निर्णय गर्ने कांग्रेसको तयारी

ध्रुबतारा संवाददाता
१५ चैत, काठमाण्डौ ।
प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा अन्य दलसँग तालमेल गर्नेर नगर्ने भन्नेबारे आज निर्णय गर्ने तयारी गरेको छ ।

गएको शुक्रवारदेखि बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएकाले आज बस्ने बैठकले चुनावमा तालमेल गर्नेरनगर्नेबारे निर्णय गर्ने सम्भावना रहेको कांग्रेसका नेताहरुले बताएका छन् । केन्द्रीय कार्यसमितिको बैठक दिउँसो ३ बजे बस्दैछ ।

शुक्रवारदेखि भइरहेको केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी तालमेल गर्ने वा चुनावमा एक्लै जाने विषयमा केन्द्रीय सदस्यले फरकफरक धारणा व्यक्त गरेका छन् । धेरैजसो नेताले लोकतान्त्रिक मूल्यमान्यता रक्षाका लागि विशिष्ट परिस्थितिमा कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेकाले त्यही अनुसार चुनावी तालमेल गर्दा उपयुक्त हुने धारणा राखेको प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिनुभयो ।

स्थानीयस्तरमा पार्टीको अवस्था र आवश्यकताका आधारमा चुनावी तालमेल गरेर जाँदा पार्टी मजबुद हुने र आउँदो संसदीय चुनावमा पनि पार्टीले जित्ने धेरैको सुझाव आएको उहाँले बताउनुभयो। यसका लागि केन्द्रले सैद्धान्तिक निर्णय गर्नुपर्ने सुझाव आएको र त्यसैका आधारमा आज दिउँसो ३ बजे बस्ने बैठकमा आवश्यक निर्णय हुने उहाँको भनाइ छ ।

यसैगरी कतिपय पदाधिकारी र केन्द्रीय सदस्यले भने चुनावी तालमेल नगरि एक्लै चुनावमा जाँदा राम्रो हुने सुझाव दिएका छन् । डाक्टर शेखर कोइराला पक्षले चुनावमा एक्लै जान प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिँदै आएको छ ।

प्रतिकृया दिनुहोस

चुनावी तालमेलबारे आज निर्णय गर्ने कांग्रेसको तयारी

काठमाडौैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय आज बैठक बस्दैछ । दिउँसो ३ बजे बस्ने सचिवालय बैठकले कार्यविभाजनको टुंगो लगाउने तयारी गरेको

चुनावी तालमेलबारे आज निर्णय गर्ने कांग्रेसको तयारी

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा सांसद घनश्याम भुसालले मुख्य पार्टीले दलाल पुँजीवादको नेतृत्व गरिरहेको

चुनावी तालमेलबारे आज निर्णय गर्ने कांग्रेसको तयारी

१२ भदौ, २०७६ । धुर्वतारा समाचार डेस्क । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am