• आइतबार १-१६-२०८१/ Sunday 28-04-24
  • ०३:५४

ताजा खबर

पर्यटन पर्बद्धनका लागी दैलेखको राकम कर्णालीमा -याफ्टिङ सेवा सञ्चालन

ध्रुबतारा संवाददाता
१६ चैत, दैलेख 

दैलेखको आठबिस नगरपालीका वडा नम्बर ४ राकम कर्णालीमा-याफ्टिङ सेवा सञ्चालनमा आएको छ । पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले राकम कर्णाली याफ्टिङ फर्मले आठबीस नगरपालिका संगको सहकार्यमा -याफ्टिङ सेवा संचालनमा ल्याएको फर्मका अध्यक्ष धन बहादूर माझीले बताउनुभयो ।

उहाँका अनुसार राकम कर्णालीमा गत बर्ष बैशाखदेखी नै -याफ्टिङ सेवा सूरु गरिएको भएपनि बिबिध समस्याका कारण सञ्चालन हुन सकेको थिएन । तर अहिले प्रर्यटन प्रवद्धनका लागि कर्णाली प्रदेश सरकारको १४ लाख अनुदान र आठबिस नगरपालिकाको ३ लाग गरी १७ लाख लगानीमा-याफ्टिङ सेवा सञ्चालनमा ल्याईएको हो ।

अरु समयमा कर्णालीको बहाव बढ्ने भएका कारण -याफ्टिङ सञ्चालनमा समस्या हुदै आएपनि बिशेषगरी फागुन, चैत, बैशाख र जेठ महिनामा भने सहजै रुपमा ¥याफ्टिङ सञ्चालन गर्न सकिने -याफ्टिङ सञ्चालनका रिभर गाईड प्रेम बहादूर माझीले बताउनुभयो ।

उहाँका अनुसार हाल आठबिस नगरपालीका वडा नम्बर ४ को राकम कर्णाली स्थित खिड्डी जिउलाबाट साईगाँउसम्म करिब १० किलोमिटर र खिड्गीज्यूलाबाट असाराघाट सम्म करीब ३० किलोमिटरको दुरीमा -याफ्टिङगर्न सकिने छ ।

कर्णाली नदिमा -याफ्टिङ सेव सुरु भएसंगै आठबीस नगरपालिकामा पर्यटन प्रबद्धनमा समेत टेवा पुग्ने आठबिस नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाहीले बताउनुभयो ।

कर्णाली प्रदेशकै प्रमुख प्रर्यटकीय क्षेत्र रारा जाने बाटो राकमकर्णालीबाटै भएकाले आन्तरिक तथा बाह्य पर्यटकलाई एक पटक राकममा -याफ्टिङ गरेर जान प्रमुख प्रसासकिय अधिकृत शाहीले आग्रह गर्नुभएको छ ।

 

 

प्रतिकृया दिनुहोस

पर्यटन पर्बद्धनका लागी दैलेखको राकम कर्णालीमा -याफ्टिङ सेवा सञ्चालन

दैलेखको भगवतीमाई गाउँपालिकामा पूर्ण सरसफाई तथा महिनावारी स्वच्द्धता सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । भगवतीमाई गाउँपालिका,ग्रामिण जलस्रोत

पर्यटन पर्बद्धनका लागी दैलेखको राकम कर्णालीमा -याफ्टिङ सेवा सञ्चालन

पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न

पर्यटन पर्बद्धनका लागी दैलेखको राकम कर्णालीमा -याफ्टिङ सेवा सञ्चालन

रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता तालिम दैलेखमा शुरु भएको छ । रेडियो धुर्वतारा एफ.एमको आयोजनामा ५ दिने रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am