• बिहीबार १-२७-२०८१/ Thursday 09-05-24
  • ०९:५६

ताजा खबर

पाकिस्तानको रोमाञ्‍चक जित, इङ्ल्याण्ड १४ रनले पराजित

एजेन्सी । कप्तान अहमदसहित तीन खेलाडीको अर्धशतकमा यस संस्करणकै सर्वाधिक रन बनाएको पाकिस्तानले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक इङ्ल्याण्डमाथि रोमाञ्‍चक जित निकालेको छ । 

पहिलो खेलमा वेष्ट इन्डिजविरुद्ध १ सय ५ रनमा अलआउट भएपछि कमजोर कहलिएको पाकिस्तानले दोस्रो खेलमा इङ्ल्याण्डविरुद्ध १४ रनको जित दर्ता गरेको हो । ३ सय ४९ रनको फराकिलो लक्ष्य पछ्याएको घरेलु टोली इङ्ल्याण्ड निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ३३ रनमा समेटिएपछि पाकिस्तान पहिलो जित निकाल्न सफल भएको हो । 

 

 

ट्रेन्ट बिज्रमा इङ्ल्याण्डका लागि जोय रुट र जोस बटलरले शतक बनाए पनि टोलीलाई जिताउन सकेनन् । बिस्फोट ब्याटिङ गरेका बटलरले ७६ बलमा ९ चौका र २ छक्काको मद्दतमा १ सय ३ रन बनाए । इङ्ल्याण्डलाई लक्ष्य नजिक पुर्‍याउन महत्वपूर्ण रन जोडेका बटलर मोहम्मद अमिरको बलमा वहाब रियाजमार्फत क्याच भए । 

रुटले १ सय ४ बल खेल्दै १० चौका र १ छक्काको मद्दतमा १ सय ७ रन बनाएका थिए । रुट शदाब्ब खानको बलमा मोहम्मद हफिजको बलमार्फत क्याच भए । जोन्नी बेयरिस्टाले ३२ रन बनाए । ४ चौका र १ छक्का प्रहार गरेका बेयरिस्टा वहाब रियाजको बलमा कप्तान सरफराजमार्फत क्याच भएका थिए । 

कप्तान इयोन मोर्गन ९ रनमा बोल्ड भए । बेन स्टोक्स १३ रनमा सोयब मल्लीकको बलमा कप्तान सरफराजमार्फत क्याच हुँदा ओपनर ज्यासन रोय ८ रनमा शदाब्ब खानको बलमा एलबिडब्लु धरापमा परे । मोइन अलि १९ रनमा पवेलियन फर्किदाँ क्रिस वोक्सले २१ त्था आर्चर  र मार्क वुडले १–१ रन जोडे । 

पाकिस्तानका वहाब रियाजले ३ विकेट लिए । शदाब्ब खान र मोहम्मद अमिरले २–२ विकेट लिँदा मोहम्मद अफिज र सोयब मल्लिकले १–१ विकेट लिए । 

यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले कप्तान सरफाजसहित तीन खेलाडीको अर्धशतकको मद्दतमा इङल्याण्डलाई ३ सय ४९ रनको विशाल लक्ष्य दिएको थियो । पाकिस्तानको विशाल लक्ष्यमा कप्तान सरफाज अहमदसँगै मोहम्मद हफिज र बाबर अजामले अर्धशतक बनाएका थिए । ६२ बल खेलेका हफिजले ८ चौका र २ छक्काको सहयोगमा ८४ रन बनाए । शतक बनाउनबाट १६ रनले पछि परेका हफिज मार्क वुडको बलमा वोक्समार्फत क्याच भएका थिए । 

६६ बल खेलेका अजामले मोइन अलीको बलमा क्रिस वोक्समार्फत क्याच हुनुअघि ४ चौका र १ छक्काको मद्दतमा ६३ रन बनाए । कप्तान सरफाजले ५५ रनको योगदान दिए । ४४ बल खेलेका सरफाज ५ चौका प्रहार गर्दै वोक्सको बलमा आउट भए । 

ओपनर इमाम उल हक अर्धशतक बनाउन ६ रनले चुके । पाकिस्तानलाई ठूलो रन बनाउन उत्कृष्ट प्रदर्शन गरेका इमामले ५८ बलमा ३ चौका र १ छक्का प्रहार गरे । ४४ रन बनाएका इमाम पनि मोइन अलीको बलमा क्रिस वोक्समार्फत क्याच भएका थिए । 

फकर जमान ३६ रनमा पवेलियन फर्किए । असिफ अली १४ रनमा मार्क वुडको बलमा बेष्ट्रोमार्फत क्याच भएका थिए । वाहब रियाज ४ रनमा आउट भए । सोयब मल्लीक ८ रनमा पवेलियन फर्किँदा सद्दाब खान र हसन अली १०–१० रनमा अविजित रहे । 

इङ्ल्याण्डका मोइन अली र क्रिस वोक्सले ३–३ विकेट लिए । मार्क वुडको नाममा २ विकेट रह्यो । पहिलो खेलमा वेष्ट इन्डिजविरुद्ध खराब प्रदर्शन गरेको पाकिस्तानले आफनो दोस्रो खेलमा जारी विश्वकपकै सर्वाधिक रन बनाउँदै आयोजकमाथि उत्कृष्ट जित निकालेको हो ।
 
पहिलो हार व्यहोरेको इङ्ल्याण्डले पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध १ सय ४ रनको जित निकालेको थियो । पाकिस्तान पहिलो खेलमा वेष्ट इन्डिजविरुद्ध ७ विकेटले पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस

पाकिस्तानको रोमाञ्‍चक जित, इङ्ल्याण्ड १४ रनले पराजित

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरमा असार दोस्रो साताबाट सुदूरपश्चिम स्कुल क्रिकेट लिग हुने भएको छ । स्टार प्रोडक्सनको आयोजनामा हुने प्रतियोगितामा

पाकिस्तानको रोमाञ्‍चक जित, इङ्ल्याण्ड १४ रनले पराजित

च्याम्पियन्स लिग साविक विजेता लिभरपुलका डच डिफेन्डर भिर्गिल भान डाइकले यस वर्षको यूईएफए वर्ष खेलाडीको अवार्ड जितेका छन् । गत सिजन भान डाइकले

पाकिस्तानको रोमाञ्‍चक जित, इङ्ल्याण्ड १४ रनले पराजित

माघ ३ २०७६ दैलेख । धुर्वतारा समाचार डेस्क शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजबाट सातौं चरणका खेल सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am