• आइतबार १-१६-२०८१/ Sunday 28-04-24
  • ०७:११

ताजा खबर

बेजोसलाई उछिनेर संसारकै धनी बने एलन मस्क

अमेजनका मालिक जेफ बेजोसलाई उछिनेर कार कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत र स्पेस एक्सका संस्थापक एलन मस्क संसारकै धनी व्यक्ति बनेका छन्।

ब्लुमबर्ग पत्रिकाका अनुसार  बिहीबार  ६ प्रतिशतले बढेको टेस्लाको सेयरले एलन मस्कको सम्पत्ति १ सय ९१ अर्ब अमेरिकी डलर पुर्‍याएको हो।  बेजोसको सम्पत्ति मस्कको भन्दा ३ अर्ब डलर कम अर्थात् १ सय ८७ छ। 

कुनै बेला धेरै समय संसारकै धनी रहेका बिल गेट्स मस्क र बेजोसभन्दा धेरै तल छन्। 

 १ सय ३२ अर्ब डलर सम्पत्ति भएका उनी ब्लुमबर्गको धनाढ्य सूचीमा तेस्रो नम्बरमा  छन्। 

मस्कले सन् २०२० मा १४० अर्ब सम्पत्ति जोडेका थिए। त्यसपछि उनी बिल गेट्सलाई पछि पार्दै संसारका अर्बपतिमा दोस्रो नम्बरमा परेका थिए।

फोर्ब्स पत्रिकाका अनुसार उसले अर्बपतिको सूची बनाउन सुरू गरेयता कुनै मानिसको सम्पत्ति एक वर्षमै यति धेरै बढेको यो पहिलो पटक हो।

मस्कको कम्पनी टेस्ला इलेक्ट्रिक कार निर्माता कम्पनी हो। यो वर्ष कम्पनीले बिक्रीमा रेकर्ड राखेको छ। यही वर्ष उनको दोस्रो कम्पनी स्पेस एक्स अन्तरिक्षमा एस्ट्रोनट पठाउने पहिलो निजी कम्पनी बन्यो।बेजोस सन् २०२० को सुरूमा पनि संसारका सबैभन्दा धनी व्यक्ति थिए र अन्तिमसम्म पनि धनी नै रहे।


उनी अनलाइन सपिङ कम्पनी अमेजनसँगै अमेरिकी अखबार द वासिङ्टन पोष्टका पनि मालिक हुन्।

उनले गत वर्ष ७२ अर्ब डलरको सम्पत्ति जोडे। यसको मुख्य कारण कोरोनाका बेला बढेको अनलाइन सपिङ हो। लकडाउनले पसल बन्द भएपछि संसारभरि अनलाइन सपिङ बढेको थियो।केही महिना पहिला बेजोसको सम्पत्ति २०० अर्ब डलरभन्दा माथि पुगेको थियो। 

बेजोसले सामाजिक सेवामा पनि योगदान गर्ने गरेका छन्। गत फेब्रुअरीमा उनले १० अर्ब डलर जलवायु परिवर्तन रोकथामका लागि दान दिएका थिए। नोभेम्बरमा उनले ८० करोड डलर पर्यावरणमा काम गर्नेवाला संस्थालाई दिएका थिए। ‍ 

कोरोना महामारीबीच सन् २०२० मा अरू तीन जनाले पनि अर्बौं सम्पत्ति कमाएका थिए।  

 

प्रतिकृया दिनुहोस

बेजोसलाई उछिनेर संसारकै धनी बने एलन मस्क

नयाँ दिल्ली । भारतीय वायुसेनाको बेपत्ता भएको विमानको खोजी अहिलेसम्म पनि जारी रहेको बताइएको छ । यसकालागि स्थल सेनाको पनि सहारा लिइएको छ । वायुसेनाको

बेजोसलाई उछिनेर संसारकै धनी बने एलन मस्क

कोलम्बो । श्रीलंकामा एकजना बौद्ध भिक्षुले मुश्लिम मन्त्री र एक जना गभर्नरको राजीनामाको माग गर्दै आमरण अनशन बसेपछि सोमबार दुईजना मुसलमान गभर्नरले

बेजोसलाई उछिनेर संसारकै धनी बने एलन मस्क

भदौ १६, २०७७ दैलेख स् विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड(१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am