• आइतबार १-१६-२०८१/ Sunday 28-04-24
  • ०६:२८

ताजा खबर

अलपत्र सुत्केरिको उद्धार

१२ माघ २०७७
कृष्ण शर्मा
दैलेख,

माघको महिना , चिसो डाँडाँमा न खाना पकाउने भाडाकुडा छन, न त पकाउने खानेकुरा ,न पकाएर दिने कोहि छन , आड्ने ओछ्याउने पनि नभएको अबस्थामा अलपत्र अबस्था मा दैलेखको सदरमुकाम नारयण नगरपालिका भित्र शारिरिक अपागंता भएकी एउटि महिला सुत्केरि भएको ३ दिन सम्म अलपत्र अबस्थामा चिसो छिडिमा बिताउन बाध्य छन , स्थानिय सरकारले सुत्केरि महिलाका लागि पोषण कार्यक्रम , अण्डा ,कुखुरा बितरण लगाएत का बिभिन्न कार्यक्रममा लाखौं खर्च गरिरहेको छ । 


नारायण नगरपालिका वडा न. ५ मा अलपत्र अबस्थामा ३ दिनकी सुत्केरि महिलाको उद्धार गरिएको छ । अस्थायि प्रहरि चौकी भैसिखोर, जिल्ला प्रहरि कार्यालय दैलेख र सामाजिक सेवा केन्द्र (सोसेक) को संयुक्त प्रयासमा उद्धार गरिएको हो । उद्धार गरिएकी महिला शारिरिक रुपमा असक्त हुन ।

नारयण नगरपालिकाको इट मा छोडेको घरमा ६ महिना अघि देखि बस्दै आएकी महिला ३ दिन अघि सुत्केरि भएको नजिकै का छिमेकी बहादुर कटुवालले बताए । उनको साथमा अर्को अन्दाजि ३ बर्षको छोरा पनि छ । अहिले छोरि जन्माएकी छन । छोरा र छोरि कस्को हो भन्ने थाहा नभएको र अलपत्र अबस्थामा बच्चा भएपछि आफुहरुले बिहान बेलुका खानका लागि सहयोग गर्दौ आएको कटुवालले बताए । 


सोमवार बिहान नारायण नगरपालिका वडा न. ५ को ईटमा बस्ने बल बहादुर कटुवालले अलपत्र अबस्थामा एउटि महिला सुत्केरि भएको भन्ने जानकारि दिए पछि अस्थायि प्रहरि चौकि भैसिखोरका इन्चार्ज हवल्दार सुरेन्द्र थापाले ४ र ५ न. वडाको सिमानामा पर्ने भएकोले दुबै वडाका वडाध्यक्षलाई जानकारि दिए पनि वडा न. ४ का अध्यक्षले वास्ता नगरे पनि वडा न. ५ का अध्यक्ष लाल बहादुर बस्नेत सहित अलपत्र अबस्थामा भएकी महिला भएको स्थानमा गई उद्धार गर्न पहल गरेको बताए । स्थानिय स्तर बाट उद्धार गर्न सम्भब नभए पछि ्िजल्ला प्रहरि कार्यालयमा जानकारि दिएको र जिल्ला प्रहरि कार्यालय दैलेख को समन्वयमा सामाजिक सेवा केन्द्र दैलेख ले आफ्नो सेल्टरमा राख्ने गरि उद्धार गरिएको हवल्दार  सुरेन्द्र थापाले बताए ।


घर कहाँ हो ,  छोरा, छोरि कस्को हो भन्ने सम्म थाहा नभई ६ \ ७ महिना देखि बेवारिसे अबस्थामा अर्काले छोडेको घरमा बस्दै आएकी महिला अलपत्र अबस्थमा सुत्केरि हुदा सम्म स्थानिय तहलाई जानकारि नहुनु र जानकारि पाए पनि वास्ता नगर्नु गैर जिम्मेवार भएको स्थानियको भनाई रहेको छ ।
 

प्रतिकृया दिनुहोस

अलपत्र सुत्केरिको उद्धार

नयाँ दिल्ली । भारतीय वायुसेनाको बेपत्ता भएको विमानको खोजी अहिलेसम्म पनि जारी रहेको बताइएको छ । यसकालागि स्थल सेनाको पनि सहारा लिइएको छ । वायुसेनाको

अलपत्र सुत्केरिको उद्धार

कोलम्बो । श्रीलंकामा एकजना बौद्ध भिक्षुले मुश्लिम मन्त्री र एक जना गभर्नरको राजीनामाको माग गर्दै आमरण अनशन बसेपछि सोमबार दुईजना मुसलमान गभर्नरले

अलपत्र सुत्केरिको उद्धार

भदौ १६, २०७७ दैलेख स् विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड(१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am