• आइतबार १-१६-२०८१/ Sunday 28-04-24
  • १२:५५

ताजा खबर

मलेसियन बाहेक सबै विदेशी मुद्राको भाउ बढ्यो

 

काठमाण्डौ – शुक्रबार मलेसियन रिंगिट बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ ।  नेपाल राष्ट्रबैंकले शुक्रबार १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११५ रुपैयाँ १९ पैसा तोकेको छ । बिहीबार १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११५ रुपैयाँ १४ पैसा थियो । यस्तै शुक्रबार साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा तोकेको छ । हिजो यसको  १ को खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा थियो । 

 

यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६४ पैसा पुगेको छ । बिहीबार यसको १ को खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६२ पैसा थियो । आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा पुगेको छ । बिहीबार यसको १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ थियो । 

मलेसियन रिंगिटको मूल्य भने घटेको छ । शुक्रबार १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ १७ पैसा र बिक्रीदर २७ रुपैयाँ ३१ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर २७ रुपैयाँ १९ पैसा र बिक्रीदर २७ रुपैयाँ ३३ पैसा थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा पुगेको छ । बिहीबार कोरियन वन १ को खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा थियो ।

आज कुवेती दिनार १ को खरिददर ३७७ रुपैयाँ ६ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ३ पैसा पुगेको छ । हिजो यसको १ को खरिददर ३७७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३७९ रुपैयाँ रहेको थियो ।

यस्तै बहराइन दिनारको १ को खरिददर ३०३ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ५८ पैसा तोकेको छ । बिहीबार यसको १ को खरिददर ३०३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ४१ पैसा थियो ।

प्रतिकृया दिनुहोस

मलेसियन बाहेक सबै विदेशी मुद्राको भाउ बढ्यो

काठमाण्डौ | काठमाण्डौको भृकुटीमण्डपमा आयोजना गरिएको नाडा अटो शोमा म्याक लुब्रिकेन्टले आफ्ना तीन नयाँ उत्पादन सार्वजनिक गरेको छ । म्याक

मलेसियन बाहेक सबै विदेशी मुद्राको भाउ बढ्यो

काठमाण्डाै | अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्यान कार्ड नागरिकता जस्तै विषय भएकाले सबैले  करदाता परिचयपत्र लिनुपर्ने बताउनुभएको छ ।  नेपाल

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am