• आइतबार १-१६-२०८१/ Sunday 28-04-24
  • ०१:४७

ताजा खबर

प्यान कार्ड नागरिकता जस्तै हाे, सबैले लिनुपर्छ: अर्थमन्त्री खतिवडा

काठमाण्डाै | अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्यान कार्ड नागरिकता जस्तै विषय भएकाले सबैले  करदाता परिचयपत्र लिनुपर्ने बताउनुभएको छ । 

नेपाल चेम्बर अफ कमर्सले शुक्रबार राजधानीमा गरेको अन्तरक्रियामा मन्त्री खतिवडाले अनौपचारिक व्यवसाय र आय आर्जनलाई औपचारिक व्यवसाय र आयआर्जनमा लैजाने काम प्यान नम्बरले गर्ने भएकाले यसलाई ठूलो विषय बनाउनु नपर्ने बताउनुभएको हो । उहाँले देशका नागरिकका लागि नागरिकता अनिवार्य विषय भएजस्तै सरकारले दिने सेवा सुविधा लिनका लागि पनि हरेकले करदाता परिचयपत्र लिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नागरिकता दिंदा सरकारले कर लिएको छ र तपाईहरु संग ? प्यान लिंदा पनि त्यही हो । प्यान लिए वापत कर तिर्नुपर्ने कुरा त होइन नि । करदाता परिचयपत्र हो ।’

उहाँले अनौपचारिक व्यवसायलाई औपचारिक प्रणालीमा ल्याउनका लागि नै ढुवानी सेवामा मुल्य अभिवृद्धि कर लगाइएको स्पष्ट पार्नुभयो । उहाँले ढुवानीका साधन एउटाको, मालिक अर्कै र व्यवसाय अर्कैले चलाउने अस्तव्यस्त आर्थिक कारोबार र व्यवसायलाई प्रणालीमा ल्याउनका लागि मूल्य अभिवृद्धि करको अर्को विकल्प नभएको बताउनुभयो ।

उहाँले नीतिगत व्यवस्थाका कारण अन्तरदेशीय व्यापारलाई औपचारिक गराएर पनि व्यवस्थित गर्न नसकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रबैकले तिब्बत तर्फबाट हुने आयातमा जति मूल्य सटही दिने भन्छ त्यत्ति नै भन्सारमा विगो कायम हुन्छ । २५ हजार डलर दियो २५ हजार डलरमा नै सामान हुन्छ । ३० हजार डलर दियो ३० हजार डलरकै बराबरको हुन्छ । दिएकै ३० हजार छ त ३५ हजारको उसले के विवरण भरोस् ? समस्या त्यहाँ छ ।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सबै कामदारलाई अनिवार्य प्यान नम्बर लिनुपर्ने व्यवस्था नीजी क्षेत्रका लागि मान्य नहुने बताउनुभयो । उहाँले ढुवानी सेवामा मूल्य अभिवृद्धि कर लगाउँदा दैनिक उपभोग्य वस्तुको मुल्य बढेर आम उपभोक्तालाई प्रत्यक्ष असर पर्ने भएकाले मूल्य अभविृद्धि करको दायरालाई हटाएर सेवा कर लगाउने व्यवस्था गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा उद्योगीहरुले करसम्बन्धी सरकारले ल्याएको नयाँ व्यवस्थाले व्यवसाय र व्यवसायी दुवैलाई प्रभावित बनाएको गुनासो गरेका थिए ।

प्रतिकृया दिनुहोस

प्यान कार्ड नागरिकता जस्तै हाे, सबैले लिनुपर्छ: अर्थमन्त्री खतिवडा

  काठमाण्डौ – शुक्रबार मलेसियन रिंगिट बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ ।  नेपाल राष्ट्रबैंकले शुक्रबार १ अमेरिकी डलरको खरिददर ११४

प्यान कार्ड नागरिकता जस्तै हाे, सबैले लिनुपर्छ: अर्थमन्त्री खतिवडा

काठमाण्डौ | काठमाण्डौको भृकुटीमण्डपमा आयोजना गरिएको नाडा अटो शोमा म्याक लुब्रिकेन्टले आफ्ना तीन नयाँ उत्पादन सार्वजनिक गरेको छ । म्याक

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am