• शुक्रबार १-२८-२०८१/ Friday 10-05-24
  • ०५:५३

ताजा खबर

पद्मश्री साहित्य पुरस्कार रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’ लाई

काठमाण्डौ | २०७५ सालको पद्मश्री साहित्य पुरस्कारबाट रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’ पुरस्कृत हुने भएको छ ।

यस्तै पद्मश्री साधना सम्मानबाट इतिहासविद् डाक्टर महेशराज पन्तलाई सम्मान गर्ने निर्णय भएको खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिनुभयो । 

दुई–दुई लाख रुपैयाँ राशीका पुरस्कार कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिनेछ । आफैले भेटेर छुटेका केही पात्र र उनीहरुको मनोवृत्ति कलात्मक रुपले पस्केको ठहर गर्दैै निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएका आधारमा ‘छुटेका अनुहार’ कृतिलाई पद्मश्री साहित्य पुरस्कारबाट सम्मान गर्ने निर्णय गरिएको अध्यक्ष लामिछानेले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै नेपाली भाषा, संस्कृति र इतिहासका अन्वेषक डाक्टर पन्तका ६ वटा पुस्तक प्रकाशित छन् । उहाँले २०२१ सालदेखि इतिहास प्रधान पत्रिका पूर्णिमा पनि प्रकाशन गरिरहनुभएको छ ।

 

प्रतिकृया दिनुहोस

पद्मश्री साहित्य पुरस्कार रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’ लाई

संखुवासभा – संखुवासभाको खाँदबारी नगरपालिका–४मा जन्मिएका स्वर्गीय गायक खेमराज गुरुङको सम्पूर्ण गीतहरु संकलन गरी युट्युबमा राखिने भएको छ

पद्मश्री साहित्य पुरस्कार रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’ लाई

  ३ माघ, काठमाडौं  धुर्वतारा समाचार डेस्क      गायिका आस्था राउतलाई जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको

पद्मश्री साहित्य पुरस्कार रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’ लाई

  फागुन  १६ , २०७६  काठमाडौ धुर्वतारा समाचार डेस्क नेपाल आइडलको मंच बाट रचना रिमाल बाहिरिएकी छिन। दर्शकको भोट अनुसार रचना नेपाल आइडलको मंच बाट

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am