• आइतबार १-१६-२०८१/ Sunday 28-04-24
  • ०२:३३

ताजा खबर

उद्योग बाणिज्य संघ दैलेखको नयाँ नेतृत्व : अध्यक्षमा कुलबहादूर बिक चयन ।।

ध्रुबतारा संवाददाता
३ बैशाख दैलेख । 

दैलेख उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयन गरिएको छ । शुक्रवार सम्पन्न संघको १० औँ वार्षिक साधारण सभा तथा ९ औँ अभिवेशनले कुलबहादुर बिकको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो ।

यसअघि २०७४ सालमा भएको संघको ९ औँ वार्षिक साधारण सभा तथा ८ औ जिल्ला अधिवेशनवाट अध्यक्षमा निर्वाचित भएका विक दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन भएका हुन् ।

यस्तै अधिबेशनबाट संघको बरिष्ठ उपाध्यक्षमा नरेन्द्र थापा, वाणीज्य उपाध्यक्षमा कृष्ण प्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा राजेश कुमार हमाल, महासचिव प्रकाश पौडेल, सचिब अशोक कुमार थापा र कोसाध्यक्षमा सिताराम थापा चयन भएका छन ।

यस्तै सदस्यहरुमा ध्रुवविक्रम थापा, शम्शेर मल्ल, रामबहादूर बिक, राधा ज्ञवाली, बिष्णूकुमारी जैशी, रामबहादूर बुढा, गणेश बुढा, सन्तोष श्रेष्ठ, शंकर श्रेष्ठ र अजीत श्रेष्ठलाई चयन गरिएको छ ।

शुक्रबार बसेको नबनिर्वाचित कार्यसमितीको पहिलो बैठकले गंगाराम ढकाल, कमलप्रसाद शर्मा, संदीप खाण र गोबिन्द कार्कीलाई सदस्यमा मनोनित गरेको छ भने निवर्तमान बरीष्ठ उपाध्यक्ष कवीराज खत्रीलाई सल्लाहाकार संयोजकमा मनोनित गरेको छ ।

नव निर्वाचीत पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै संघका कर्णाली प्रदेश अध्यक्ष पदमबहादूर शाहीले उद्योगी व्यवसायीहरु दिन प्रतिदीन चर्को व्याजदरमा फस्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै समग्र जिल्लाको विकास, ठुला आयोजना निर्माणमा व्यापारीहरुको हक हितका लागी नयाँ नेतृत्व गम्भीर भएर लाग्नुपर्ने सुझाव दिएका छन ।

यस्तै नव निर्वाचित अध्यक्ष विकले व्यवसायीहरुको हकहितमा सधै कटिबद्ध रहेको प्रतिक्रिया दिएका छन् । यसअघि कोरोना भाईरस लगाएतका कारण योजना लिए अनुरुपकाम गर्न नपाएको बताउदै अध्यक्ष बिकले अब संघका सबै पदाधिकारी र सदस्यहरु एकताबद्ध भएर व्यवसायीहरुको हकहितका लागि नविनतम् कामहरु गरिनेमा जुट्ने बताएका छन  ।
 

प्रतिकृया दिनुहोस

उद्योग बाणिज्य संघ दैलेखको नयाँ नेतृत्व : अध्यक्षमा कुलबहादूर बिक चयन ।।

पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न

उद्योग बाणिज्य संघ दैलेखको नयाँ नेतृत्व : अध्यक्षमा कुलबहादूर बिक चयन ।।

रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता तालिम दैलेखमा शुरु भएको छ । रेडियो धुर्वतारा एफ.एमको आयोजनामा ५ दिने रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता

उद्योग बाणिज्य संघ दैलेखको नयाँ नेतृत्व : अध्यक्षमा कुलबहादूर बिक चयन ।।

चामुण्डा  दैलेख  चामुण्डाविन्द्रासैनी  नगरपालिकाले नगर बस संचालन गर्ने भएको छ । कर्णाली प्रदेशमै पहिलो पटक जनतालाई यातायात सुविधा पहुँचलाई

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am