• आइतबार १-१६-२०८१/ Sunday 28-04-24
  • ०९:४८

ताजा खबर

नारायण नगरपालिकाद्वारा निःशुल्क स्वास्थ्य बीमा

ध्रुबतारा संबाददाता
जेठ २०, दैलेख ।

दैलेखको नारायण नगरपालिकाले मानसिक स्वास्थ्य समस्यामा परेका बिरामी र उनीहरूको परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । पालिकाभित्रका ११ वटै वडाका त्यस्ता एक सय ८९ परिवारका एक हजार ८५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरेको नगरपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७८र०७९ मा विनियोजन गरेको बजेटबाट उनीहरूको निःशुल्क स्वास्थ्य बीमा गरिएको नारायण नगरपालिका स्वास्थ्य शाखाप्रमुख लालबहादुर खड्काले जानकारी दिए । उनका अनुसार निःशुल्क बीमाका लागि सात लाख ५४ हजार छ सय रूपैयाँ खर्च भएको छ । नारायण नगरपालिका ५ मा रहेको त्रिवेणी स्वास्थ्य चौकीमा मनोसामाजिक परामर्श कक्ष स्थापना गरी मानसिक समस्या भएका नागरिकलाई परामर्श दिने गरिएको उनले बताए ।

यस्तै मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिको उपचारमा सहजता ल्याउने उद्देश्यले उनीहरूसहित परिवारका सदस्यको निःशुल्क स्वास्थ्य बीमा गरिएको नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले बताए । नगरप्रमुख शर्माले नागरिकमा पछिल्लो समय मानसिक समस्या बढ्दै गएकाले नगरपालिकाले १० जना मनोसामाजिक परामर्शकर्तामार्फत सेवा दिँदै आएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

नारायण नगरपालिकाद्वारा निःशुल्क स्वास्थ्य बीमा

पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न

नारायण नगरपालिकाद्वारा निःशुल्क स्वास्थ्य बीमा

रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता तालिम दैलेखमा शुरु भएको छ । रेडियो धुर्वतारा एफ.एमको आयोजनामा ५ दिने रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता

नारायण नगरपालिकाद्वारा निःशुल्क स्वास्थ्य बीमा

चामुण्डा  दैलेख  चामुण्डाविन्द्रासैनी  नगरपालिकाले नगर बस संचालन गर्ने भएको छ । कर्णाली प्रदेशमै पहिलो पटक जनतालाई यातायात सुविधा पहुँचलाई

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am