• आइतबार १-१६-२०८१/ Sunday 28-04-24
  • १०:२८

ताजा खबर

फिलिपिन्सविरुद्ध नेपालको शानदार जित

ध्रुबतारा संवाददाता  
७ फागून, काठमाडौं ।
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले फिलिपिन्सविरुद्ध शानदार जित निकालेको छ ।  नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रनमा समेटिँदा नेपालले १ ससय ३७ रनको शानदार जित निकालेको हो ।

फिलिपिन्सका लागि डेनियल स्मिथले २०, कप्तान जोनाथन हिलले ११ तथा जोर्डन अलेग्राले अविजित २७ रन ल्याउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।  बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने एक्लैले तीन विकेट लिए । गुल्सन झा, जितेन्द्र मुखिया, अभिनास बोहरा, कुशल मल्ल र दिपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट हात पारे ।

त्यसअघि ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय १८ रन बनाएको थियो ।  उसका लागि कुशल भुर्तेलले अविजित रहँदै शतक र दिपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । ५७ बलको सामना गरेका भुर्तेलले १३ चौका र १ छक्काको मद्दतमा १ सय रनको पूरा गरेका हुन् ।

यसअघि टी–ट्वान्टीमा नेपालको तर्फबाट पारस खड्का र ज्ञानेन्द्र खड्काले मात्र शतक प्रहार गरेका छन् । नेपालबाट टी–ट्वान्टी क्रिकेटमा शतक प्रहार गर्ने कुशल तेस्रो खेलाडी हुन् ।  यस्तै, ऐरीले ४७ बलमा ८३ रन बनाउँदा लोकेश आशिफ शेख पहिलो बलमै आउट भए भने लोकेश बलले ३ बलमा ६ रन बनाउँदै अविजित रहे ।

फिलिपिन्सका डेनियल स्मिथ, मिग्गी पोडोस्की र गुर्भुपिन्दर चोहानले समान एक–एक विकेट लिए । जितसँगै नेपाल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।  यसअघि फिलिपिन्सलाई नै पराजित गर्दै क्यानडा अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको थियो ।क्यानडा दुई अंकसहित दोस्रो स्थानमा रहँदा समान दुई अंक भएको ओमान तेस्रो स्थानमा छ ।

यसअघि शुक्रबार ओमानविरुद्धको खेलमा नेपालले ३९ रनको शानदार जित हात पारेको थियो । सोमबार नेपालले समूहको अर्को टोली क्यानडासँग भिड्नेछ ।

प्रतिकृया दिनुहोस

फिलिपिन्सविरुद्ध नेपालको शानदार जित

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरमा असार दोस्रो साताबाट सुदूरपश्चिम स्कुल क्रिकेट लिग हुने भएको छ । स्टार प्रोडक्सनको आयोजनामा हुने प्रतियोगितामा

फिलिपिन्सविरुद्ध नेपालको शानदार जित

एजेन्सी । कप्तान अहमदसहित तीन खेलाडीको अर्धशतकमा यस संस्करणकै सर्वाधिक रन बनाएको पाकिस्तानले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक

फिलिपिन्सविरुद्ध नेपालको शानदार जित

च्याम्पियन्स लिग साविक विजेता लिभरपुलका डच डिफेन्डर भिर्गिल भान डाइकले यस वर्षको यूईएफए वर्ष खेलाडीको अवार्ड जितेका छन् । गत सिजन भान डाइकले

  • सेवा सुचारु     04:45 am - 05:00 am
  • भजनहरु     05:00 am - 05:30 am
  • कर्णाली रैवार     05:30 am - 05:55 am
  • सूचना तथा विज्ञापन     05:55 am - 06:00 am
  • कायाकैरन (उज्यालो)     06:00 am - 06:30 am